२२ बैशाख २०८१, शनिबार
Tags

अयोध्याको राम मन्दिरलाई बमले उडाउने धम्की दिने एकजना पक्राउ (भिडियो सहित)

रणभूमी डेस्क शनिबार, माघ ०६, २०८०

जोगवनी / अयोध्या को राम मन्दिरलाई बम विस्फोट गरि उडाउने धमकी दिने एक जना व्यक्तिलाई भारतको अररियाबाट पक्राउ गरेको छ । अररिया पुलिस ले पक्राउ गरेपछि आफ्नो नाम छोटा शकील हो भनी आफुलाई दाउद इब्राहिमको गिरोहको सदस्य रहेको युवकले बताए ।

अररिया जिल्ला पलासी पुलिस थाना बालुवा कल्यगन्ज घर भएका मोहम्मद जमालुद्दीन को छोरा मोहम्मद इब्राहिम को नाममा दर्ता रहेको मोवाईल नम्बरबाट ११२ नम्बरमा पटक पटक फोन गरी २२ जनवरी २०२४ मा राम मन्दिर बमले उडाउने धम्की दिएका थिए । विषयको संवेदनशीलतालाई ध्यानमा राख्दै तत्काल पुलिस को टोलीले कारवाही गर्दै कल डिटेल्स को आधारमा उक्त व्यक्तिलाई पक्राउ गरी प्राविधिक शाखामा सारिएको थियो ।

राम मन्दिर उडाउने धम्की दिने मानिसलाई पलसी थानको पुलिसले छापा मारेर उक्त मोवाईल सहित तत्काल पक्राउ गरेकाे थियाे ।मोहम्मद इब्राहिमको २१ वर्षिय छोरा मोहम्मद इन्तखाबले ११२ नम्बरमा कल गरी धम्की दिनेगरेको खुलेको थियो ।

राम मन्दिर विस्फोट गराउने धम्की दिने मोबाइल फोन समेत जफत जफत गरेर यस घटना सम्बन्धमा पलासी पुलिस थानामा मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अगाडि बढाएको अररिया जिल्ला को एसपी अशोक कुमार सिंह ले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्