१६ बैशाख २०८१, आइतबार
Tags

अयोध्याको राम मन्दिर दर्शन गर्ने हिँडेका तीर्थयात्रुहरुलाई मुस्लिम युवाहरुले गरे विदाई

रणभूमी डेस्क बिहिबार, माघ १८, २०८०

विराटनगर / भारतको अयोध्या श्रीराम मन्दिर दर्शन गर्न विराटनगर बाट हिँडेको ६८ जना श्रद्धालु भक्तजन तीर्थयात्रुहरुको टोलीलाई मुस्लिम समुदायको युवाहरुले अभिनन्दन गर्दै खाँदा माला लगाई स-सम्मान विदाई गरेका छन् ।
विराटनगरबाट राम मन्दिर दर्शन गर्न हिँडेको मानिसहरूको बारेमा थाहा पाई विराटनगर महानगर पालिका को वडा नं १५ बस्ने मो. फैयाज राइन् को अगुवाईमा करिब १५ जना को संख्यामा मुस्लिम समुदायका युवाहरुले ६८ जना तीर्थयात्रीहरुलाई स-सम्मान विदाई गरेका हुन् ।

आफ्नो धर्म फरक भएपनि सबै धर्म प्रतिको आस्था, आपसी सदभाव तथा भाईचारा कायम राख्न एक एतिहासिक तथा विश्वचर्चित राम मन्दिर भ्रमण गर्न जाने भक्तजनहरुलाई मुस्लिम समुदायका युवाहरुले गरेको विदाई कार्यक्रम ले समाजमा एक सकारात्मक सन्देश जानुका साथै आपसी मेलमिलाप कायम रहने विश्वास गर्न सकिन्छ।

तीर्थयात्रुहरुलाई विदाई क्रार्यकम गर्ने मुस्लिम समुदायका अगुवा मो. फैयाज़ राईन् ले धार्मिक सहिष्णुता कायम राख्दै हामी मुस्लिम युवाहरुले बिराटनगर महानगर पालिकाबाट श्रीराम जन्मभूमि अयोध्या तिर्थ यात्रीको रुपमा जाँदै गरेको हाम्रा साथी भाइ हरुलाई माला तथा खादा लागाइ शुभ तथा मंगलमय यात्राको कामना गर्दै भारत बिदाइ गरेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्