१५ बैशाख २०८१, शनिबार
Tags

नेपाल-भारत दशगजामा भलिबल प्रतियोगिता, सशस्त्र प्रहरी र एसएसबी बीच भयो प्रतिस्प्रधा

रणभूमी डेस्क आइतबार, चैत्र ११, २०८०

विराटनगर / सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीच मोरङ्गको नेपाल भारत सीमा दशगजामा एक दिवसीय मैत्रीपूर्ण भलिवल प्रतियोगिता भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं ३ गण हे.क्वा. मोरङ्गको आयोजनामा मोरङ्ग जिल्ला जहदा गाउँपालिका वडा नं १ स्थित भुटाहामा रहेको नेपाल भारत सीमा दशगजामा भारतीय सशस्त्र सीमा बल ५६ औं बटालियन बीच मैत्रीपूर्ण भलिवल प्रतियोगिता सोमवार सम्पन्न भएको हो ।

सीमा अपराध नियन्त्रण गर्न र सीमा सुरक्षाको निम्ति सीमामा खटिएका दुई देश बीचको सुरक्षाकर्मीहरु बीचको सम्पर्क, समन्वय, सहकार्य र राम्रो सम्बन्ध जनमानस अगाडि प्रस्तुत गर्दै सीमावर्ती एरियामा बसोवास गर्ने मानिसहरूलाई सुरक्षाको प्रत्याभूति गराउन नेपाल भारत दुई देश बीचको सुरक्षाकर्मीहरु बीच उक्त मैत्रीपूर्ण प्रतियोगिता राखिएको थियो ।

मैत्रीपूर्ण भलिबल प्रतियोगिता विराटनगर महानगरपालिका को मेयर नागेश कोईरालाको प्रमुख आतिथ्यमा सुरु भएको थियो जसमा मोरङ्ग जिल्ला प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई र भारत को अररिया जिल्ला फर्विसगंज को एमएलए को विशिष्ट आतिथ्यमा जिल्ला प्रहरी कार्यालय मोरङ्ग प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की लगाएत सशस्त्र प्रहरी बल नं ३ हे.क्वा. प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विश्व बन्धु खड्का, बारह वाहिनी बाट सशस्त्र प्रहरी उपरीक्षक राजेश घिमिरे, सीमा सुरक्षा गुल्म रानी प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक महेश विक्रम केसी, सप्रनाउ हेम पौडेल, सप्रनाउ वीरेन्द्र खनाल, सप्रनाउ सुधीर तथा विभिन्न बिओपी पति सशस्त्र निरीक्षकहरु र भारतबाट सशस्त्र सीमा बल ५६ औं वाहिनी प्रमुख सुरेन्द्र सिंह लगाएत विभिन्न सीमा बलको बिओपी प्रभरीहरु लगाएत को बाक्लो उपस्थिति रहेको थियो ।

मैत्रीपूर्ण भलिबल खेलमा दुवै देशका सुरक्षाकर्मीहरुको खेलाडी समूहले राम्रो प्रतिस्प्रधा गरेको थियो जसमा थोरै अंकको अन्तरमा तीन वटै सेटमा सशस्त्र प्रहरी टोलीले अग्रता हासिलगर्दै विजय प्राप्त गरेको थियो ।

दुई देश बीचको सुरक्षाकर्मीहरु बीचको रोमाञ्च मैत्रीपूर्ण प्रतिस्प्रधा हेर्न दर्शकहरुको पनि बाक्लो सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्