०८ आषाढ २०८१, शुक्रबार
Tags

विराटनगरमा मधेश प्रदेशका पत्रकारहरू बिनय यादव र शिवेन्द्र रोहिताको असामयिक निधनप्रति गहिरो शोक व्यक्त

रणभूमी डेस्क शनिबार, जेठ ०५, २०८१

बिराटनगर / मधेश प्रदेशका पत्रकारहरू बिनय यादव र शिवेन्द्र रोहिताको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै मोरङका पत्रकारहरूले शनिबार साँझ जनआन्दोलन चोक (महेन्द्र चोक) मा दीप प्रज्वलन कार्यक्रम गरेका छन्।

कार्यक्रममा उनीहरूको आत्माको चिर शान्तिको कामना गर्दै दुख व्यक्त गरिएको थियो। साथै, पत्रकार यादव र रोहिताको मृत्युको कारण दुर्घटना हो कि हत्या भन्ने विषयमा आवश्यक अनुसन्धान गर्न मोरङका पत्रकारहरूले माग गरेका छन्।

दुवै पत्रकारको अकस्मात् निधनले मधेश प्रदेशको पत्रकारिता क्षेत्र नै स्तब्ध बनेको छ। उनीहरूको बलिदानलाई सम्मान गर्दै सत्यतथ्य बाहिर ल्याउन मोरङका पत्रकारहरू लागिपरेका छन्।

अन्त्यमा, दीप प्रज्वलन कार्यक्रममा सहभागी पत्रकारहरूले पत्रकारिता पेशालाई निष्पक्ष र निडर रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।

यहाँ कमेन्ट गर्नुहोस्