०१ साउन २०८१, मंगलबार
Tags

सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलमा विद्यार्थीहरूको निम्ति राखिएको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

रणभुमी डेस्क बुधबार, आषाढ ०६, २०८१

विराटनगर / विराटनगर ११ पाञ्चलीमा रहेको सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलले विराट नर्सिङ होमसँगको सहकार्यमा बुधवार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरेको छ।

शिविरमा साना देखि ठूला कक्षाका सम्पूर्ण विद्यार्थीहरूको आँखा जाँच र स्वास्थ्य जाँच गरिएको थियो। साथै, शिविरमा निःशुल्क औषधि पनि वितरण गरिएको थियो। यस प्रकारको स्वास्थ्य शिविरले विद्यार्थीहरूको स्वास्थ्य अवस्थाको जानकारी प्राप्त गर्न र उनीहरूलाई उचित स्वास्थ्योपचार गर्न मद्दत पुगेको विद्यालय प्रशासनले बताएको छ।

शिविरमा विद्यार्थीहरूको मात्र होइन, विद्यालयका शिक्षक तथा कर्मचारीहरूको पनि स्वास्थ्य जाँच गरिएको थियो। यो शिविरले विद्यालय परिवारलाई स्वस्थ राख्न महत्वपूर्ण योगदान पुर्याएको छ।

यहाँ कमेन्ट गर्नुहोस्