१५ बैशाख २०८१, शनिबार
Tags

नगद सहित ६ जना जुवारी पक्राउ

रणभूमी आइतबार, साउन १७, २०७८

झापा/ श्रावण-१७, झापा दमक नगरपालिका ८ स्थितमा रहेको पेरुङगो होटलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दमक ७ का होटल संचालक ३२ बर्षीय पदम सुब्बा, दमक ५ का २९ बर्षीय कैलास लिम्बु, सोही स्थानका ३३ बर्षीय मोहन ढुंगाना, दमक ६ का ३८ बर्षीय द्रोणचार्य कार्की, सोही स्थानका ५० बर्षीय प्रेम सुब्बा र सोही स्थानका ५० बर्षीय भिम सुब्बा रहेका छन् ।

शनिवार बेलुका पौने ५ बजे सो होटलमा जुवाजन्य खेल खेलाईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई तास ३ बुङ, नगद १ लाख ६० हजार सहित पक्राउ गरिएको हो । पक्राउ परेका उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले बताएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्