१६ चैत्र २०८०, शुक्रबार
Tags

सखडा मन्दिर बाट छिन्नमस्ता माताको मुकुट चोरी

रणभूमी आइतबार, साउन १७, २०७८

राजविराज / श्रावण १७, सप्तरीको राजविराज नजिक मा रहेको अत्यन्तै शक्तिशली तथा धेरै को आस्था सँग जोडिएको प्रशिद्ध भगवती मन्दिर सखडा माता मन्दिरमा रहेको सखडा माता छिन्नमस्ता भगवतीको चाँदी को मुकुट चोरी भएको छ ।

आइतवार साँझ करिब साढे ७ बजेको समयमा छिन्नमस्ता भगवती मंदिर सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट चोरी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले बताउनुभयो ।

 

साँझको बेला पुजारीहरु पोखरीतिर सरसफाईमा व्यस्त रहेको बेला छिन्नमस्ता भगवती मंदिर भित्र रहेको मुर्तीको चाँदीको मुकुट (मस्तक) चोरी भएको जनाइएको छ ।

चोरी भएको बिषयमा अनुसन्धान भइरहेको र चोरी गरिएको मुकुटसहित चोरी गर्ने ब्यक्तिको खोजी गर्नको लागि तीव्र रुपमा प्रहरी परिचालन गरिएको प्रहरी नायव उपरिक्षक काफ्लेले जानकारी दिनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्