२० बैशाख २०८२, शनिबार
Tags

कोशीमा नुहाउने क्रममा दुई जना बेपत्ता

रणभुमी डेस्क सोमबार, बैशाख ०८, २०८२

सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित कोशी नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन्।
आज बिहान पौने नौ बजेतिर इटहरी उपमहानगरपालिका-१६ बालग्रामका ४० वर्षीय नवराज बास्तोला र उनका १६ वर्षीय भान्जा जेनिस आचार्य बराहक्षेत्र मन्दिर नजिकै कोशी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्।

घटनाको जानकारी प्राप्त हुनासाथ बेपत्ता भएका मामा-भान्जाको खोजतलासका लागि इलाका प्रहरी कार्यालय चतारा र प्रहरी चौकी बराहक्षेत्रबाट प्रहरी टोली परिचालित गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सशस्त्र प्रहरीको १५ जनाको गोताखोर टोली समेत बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा खटिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्