०७ बैशाख २०८१, शुक्रबार
Tags

ब्राउन सुगर सहित एक जना पक्राउ

रणभूमी सोमबार, साउन १८, २०७८

विराटनगर / श्रावण १८ , मोरङ बिराटनगर महानगरपालिका २ दुर्गा चौक स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे-६ का २३ बर्षीय निरज गोडी रहेका छन् ।

हिजो बेलुका साढे ४ बजे लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर ८ ग्राम सहित पक्राउ गरेको छ ।

पक्राउ परेका गोडीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्