१४ बैशाख २०८१, शुक्रबार
Tags

इँटा उद्योगमा भारतीय मजदुरहरु ल्याउन मुख्यमन्त्रीलाई ज्ञापन पत्र

इँटा उद्योगमा भारतीय मजदुरहरु ल्याउन मुख्यमन्त्रीलाई ज्ञापन पत्र

रणभूमी मंगलबार, साउन १९, २०७८

विराटनगर / श्रावण १९, बन्द रहेका इँटा उद्योगमा मजदुर ल्याउने अनुमतिको माग गर्दै नेपाल उद्योग परिसंघ प्रदेश १ ले प्रदेश नंं. १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रदेश नं १ अन्तरगत विभिन्न जिल्लाहरुमा संचालनमा रहेका इँटा उद्योगहरुमध्ये अहिले १० प्रतिशत मात्र सिमीत समयका लागि संचालन भइरहेको परिसंघले जनाएको छ । ‘परिस्थितिमा खासै सुधार नभएको र इटा उद्योगहरुमा इटाको मौज्दात नरहेको र विकास निर्माणदेखि सर्वसाधारण नागरिक समेतलाई आवश्यक पर्ने इँटा आपूर्ति गर्न दक्ष मजदुरहरुको अभावमा उत्पादन कार्य प्रभावित हुने देखिएको उद्योग परिसंघका अध्यक्ष भिम घिमीरेको नेतृत्वको टोलीले दिएको ज्ञापनपत्रमा उल्लेख छ ।

उद्योग परिसंघले समयमै दक्ष मजदुर ल्याएर इँटा उत्पादन सुरु नगरिए देशमा इँटाको अभाव हुने र नागरिकहरुको घर निर्माण, तथा देशको विकास निर्माणमा समेत समस्या आउने देखिएको दाबी गरेको छ । इँटा उद्योगमा दक्ष भारतीय मजदुरहरु ल्याउन सहजता गरि आधिकारीक इटा उद्योग संघको सिफारिसमा आउने मजदुरहरुलाई निर्वाद रुपमा प्रवेश दिइ उद्योगहरु संचालन गर्ने वातावरण बनाउन झापा, मोरङ र सुनसरी जिल्लाका प्रमुख जिल्ल्ला अधिकारी तथा प्रहरी प्रसाशनलाई निर्देशन गरि दिनुहुन सादर अनुरोध गर्दर्छौ ज्ञापनपत्रमा भनिएको छ । उक्त ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृह मन्त्रालय, उद्योग मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालयलाई पनि दिइएको छ ।

प्रदेश १ का विभिन्न जिल्लाहरुमा करिब १ सयको हाराहारीमा इँटा उद्योग रहेका छन् भने सुनसरी र मोरङमा मात्रै ७५ वटा इँटा उद्योग संचालन गरेको परिसंघले जनाएको छ । परिसंघको नेतृत्वमा सोमबार इँटा व्यवसायी संघ कोशी, मोरङ सुनसरीका पदाधिकारीको टोलीले मुख्यमन्त्री राईका साथै आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई पनि भेट गरेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्