१० जेठ २०८२, शुक्रबार
Tags

हाइड्रोपावरमा काम गर्दा करेन्ट लागेर कामदारको मृत्यु

रणभूमी डेस्क शनिबार, बैशाख २०, २०८२

ताप्लेजुङ / ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ खाम्लुङमा करेन्ट लागेर एक जना कामदारको मृत्यु भएको छ।

वैशाख १९ गते बिहान युनाइटेड हाइड्रोपावर अन्तर्गत रामेछाप कन्ट्रक्सनको आउटलेट साइडप्लान्टमा काम गर्ने २४ वर्षीय खगेन्द्र राई हाइड्रोपावरको लेबर क्याम्प बनाउने क्रममा दुर्घटनामा परेका थिए।

इलामको माई नगरपालिका-१ बतासे निवासी राईले निर्माण कार्य गरिरहेका बेला अचानक फलामको रड तीन फेजमा टाँसिएर करेन्ट लागेको जानकारी प्राप्त भएको छ। घाइते राईलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो।

उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ। हाइड्रोपावर निर्माण क्षेत्रमा पटक-पटक यस्ता दुर्घटना घट्दै आएको स्थानीयले बताएका छन्।

घटनापछि कम्पनीले मृतकका परिवारलाई क्षतिपूर्ति र राहत प्रदान गर्ने आश्वासन दिएको स्थानीय प्रशासनले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्