२४ बैशाख २०८२, बुधबार
Tags

बिजुली र चट्याङ्ग दुर्घटनामा दुई जनाको मृत्यु

रणभूमी डेस्क मंगलबार, बैशाख २३, २०८२

विराटनगर / ओखलढुंगा र तेह्रथुम जिल्लामा छुट्टाछुट्टै घटनामा बिजुली र चट्याङ्गले लागेर दुई जनाको मृत्यु भएको छ।

ओखलढुंगाको खिजिदेम्वा गाउँपालिका वडा नं. ८ मा बिद्युत लाइन विस्तारको क्रममा ट्रान्सफर्मरमा चार्ज गर्ने बेला करेन्ट लागेर सिग्माकोण प्रा.लि. काठमाण्डौका कर्मचारी, कैलाली निवासी ३० वर्षीय बिन्दु चौधरीको घटनास्थलमै मृत्यु भएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय वरुणेश्वरबाट प्रहरी टोली खटिई थप अनुसन्धान तथा कानूनी कारबाही भइरहेको जनाइएको छ।

त्यसैगरी, तेह्रथुमको आठराई गाउँपालिका वडा नं. ३ मा लिम्बु जातिको मन्दिर निर्माण गर्ने क्रममा हावाहुरी र पानीसँगै परेको चट्याङ्गले लागेर स्थानीय ४५ वर्षीय सागर थिङ्लापु गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवै घटना वैशाख २२ गते भएका हुन्। प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्