
रणभूमी डेस्क बुधबार, बैशाख २४, २०८२

विराटनगर / उदयपुरमा चट्याङ लागेर १ जना र खोटाङमा विद्युतीय करेन्ट लागेर १ जनाको मृत्यु भएको छ।
गत वैशाख २३ गते अपरान्ह उदयपुरको कटारी नगरपालिका-८ का मान बहादुर मगरको १२ वर्षीय छोरा चित्र बहादुर मगर घर नजिकै रहेको जंगलमा बाख्रा चराउन गएको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको छ।
सोही दिन बेलुका ६ बजे खोटाङको ऐसेलुखर्क गाउँपालिका-७ का ३९ वर्षीय विकाश राईले विद्युतको पोलमा रहेको ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी अधिकृत सहितको टोली खटिई मृतकको शवको पोष्टमार्टम पश्चात आफन्तलाई जिम्मा बुझाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्