
रणभूमी डेस्क बुधबार, बैशाख २४, २०८२

उदयपुर / उदयपुरको बेलका नगरपालिका-८ कोठु स्थित सप्तकोशी नदीमा पुलबाट हाम्फालेर १ जनाको मृत्यु भएको छ।
गत वैशाख २३ गते बिहान पौने ११ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका-१ का ५२ वर्षीय मकर जंग राई सप्तकोशी नदीको पुलबाट हाम्फालेको भन्ने जानकारी अस्थायी प्रहरी पोष्ट कोठुमा प्राप्त हुनासाथ तत्काल उद्धारमा खटिएको प्रहरी टोलीले राईलाई नदीबाट निकाली उपचारको लागि धरान घोपा पठाएको थियो।
उपचारको क्रममा मकर जंग राईको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यहाँ कमेन्ट गर्नुहोस्