१२ जेठ २०८२, सोमबार
Tags

विराटनगरमा गेस्टहाउसको कोठाबाट जेठाजु–बुहारी एकसाथ भेटेपछि

रणभूमी डेस्क आइतबार, जेठ ११, २०८२

विराटनगर / जेठ ११ आईतवार बिहान १०:३० बजे विराटनगरस्थित एक गेस्टहाउसमा अवैध सम्बन्धको आरोपमा एक जोडी रंगेहात फेला परेका छन्। गम्भीर पारिवारिक विघटन र सामाजिक विकृतिको संकेत दिने यो घटना विराटनगर–१५ स्थित भारत–नेपाल सिमा नजीकको एक गेस्टहाउसमा घटेको हो।

घटनाका अनुसार, आफूलाई “पति–पत्नी” भनेर परिचय दिँदै गेस्टहाउसमा कोठा लिएका एक पुरुष र एक महिला केही समयपछि नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानबाट उनीहरू वैवाहिक जोडी नभई आपसमा जेठाजु र बुहारी भएको खुलेको छ।

गेस्टहाउसको रजिस्टरमा आधार कार्डको आधारमा पुरुषले झूटो विवरण दिएर कोठा बुक गरेका थिए। तर केहीबेरमै महिलाका वास्तविक पति, जो प्रहरीको सहयोग लिएर गेस्टहाउसमा पुगेका थिए, घटनाको पर्दाफास गरेका हुन्।

इलाका प्रहरी कार्यालय रानीमा ल्याइएपछि प्रारम्भिक अनुसन्धानमा उक्त महिला र पुरुष भारतको अररिया जिल्ला फारबिशगंज बस्ने एउटै परिवारका सदस्य भएको पुष्टि भएको छ। प्रहरीले घटनामा संलग्न दुवै पक्षलाई सोधपुछ गरी परिवारका गाउँको मुखिया तथा स्थानीय प्रतिनिधिको जिम्मा लगाएको छ।

पीडित पतिले दिएको बयान अनुसार, विगत एक वर्षदेखि वैवाहिक सम्बन्धमा समस्याहरू देखिन थालेका थिए। पत्नीले बारम्बार मानसिक तथा सामाजिक यातना दिँदै आएको र आफ्नै जेठासँग लामो समयदेखि अनैतिक सम्बन्ध रहेको आरोप समेत लगाएका छन्। उनले आफूलाई झूटा मुद्दामा फसाइने, अपहेलित गरिने तथा न्यायको खोजीमा बारम्बार अपहेलित बन्नुपरेको गुनासो गरेका छन्।

घटनाले सामाजिक संरचना र पारिवारिक सम्बन्धको विकृत अवस्थालाई उजागर गरिरहेको छ। साथै, यस्तो संवेदनशील विषयमा कानुनी छानबिन र पीडितलाई न्याय दिने सवालमा गम्भीर ध्यान जानुपर्ने आवश्यकता देखिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्