०४ बैशाख २०८१, मंगलबार
Tags

मोबाइल, कपडा, कुखुरा गरी ११ लाख १८ हजारको अवैध सामान भन्सार दाखिला

रणभूमी बुधबार, साउन २०, २०७८

रुपन्देही / श्रावण २०, जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतको प्रहरी चौकी बाट ११ लाख १८ हजारको अवैध सामानहरू पक्राउ गरी भन्सार दाखिला गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मातहत ई.प्र.का.लुम्बिनी रुपन्देही बाट खटिएको प्रहरी टोलीले बिभिन्न कम्पनिका मोबाईल सेट ३७ थान, ईयरफोन १७५ थान, ब्लुतुथ ५ थान र मोबाईलको व्याट्रि १०० थान गरी जम्मा रु.८ लाख २० हजार बराबरको अबैध मोबाईल समेतका सामानहरु बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको छ । त्यसैगरी

जिल्ला प्रहरी कार्यालय खटिएको प्रहरी टोलीले लु ६ प ३०२५, लु ५ प ५०८८ र युपी ५३ ए ६९१६ नं को मोटरसाइकलहरुमा जिल्ला रुपन्देही रोहीणि गा.पा -४ छिपागढ बस्ने बर्ष १८ को मुवारक मुसलमान, बर्ष १९ को नजरे आलम र बर्ष १९ को अनिल बानिया समेतले ल्याउदै गरेको अबस्थामा ३ सय किलो बराबरको १५० थान ब्रोईलर कुखुरा फेला पारी मानिस समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बरामद कुखुराहरु पशु क्वारेन्टाई बेलहिया रुपन्देही बुझाएका छन् भने बरामद मो.सा. र मानिस भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएकोमा दाखिला गराएको हो । मोटरसाइकल सहित जम्मा राजश्व १ लाख ८० हजार र नियन्त्रणमा लिईएका ३ जनालाई जनही रु.२५ हजार गरि जम्मा रु.७५ हजार रुपैयाँ भन्सार कार्यालय बाट जरिवाना गराई छाडिएको थियाे ।

सोही क्रममा ईलाका प्रहरी कार्यालय मझगावा रुपन्देही मातहत प्रहरी चौकी शिवपुरगोनाहा बाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि ल्याउदै गरेको कुर्ता सुरुवाल २९ थान, तन्ना- २ पिस, पर्दा -५ थान गरी अं.मु.रु.३३ हजार बराबरको अबैध सामान बरादम गरि भन्सार कार्यालय बेलहिया रुपन्देहीमा दाखिला गराएको हो । ई.प्र.का.मंगलापुर रुपन्देहीबाट खटिएको प्रहरी टोलीले पनि अन्दाजी मूल्य रु.१० हजार बराबरको ४ बोरा चिनि बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्