१५ बैशाख २०८१, शनिबार
Tags

मारवाड़ी महिला मंच र अग्रवाल महिला मंच धरानले ले मनायो नारी दिवस   

Ranbhumi आइतबार, चैत्र ०१, २०७७

धरान / फाल्गुन २४ गते सोमवार अग्रसेन स्मृति भवन धरानको सभा हाॅलमा १५० महिलाहरुको भेलामा मारवाड़ी महिला मंच धरान र नेपाल अग्रवाल महिला मंच धरानको संयुक्त आयोजनामा अंतर्राष्ट्रीय महिला दिवस कार्यक्रम भव्यता का साथ सुसम्पन्न गरेको छ ।

कार्यक्रमको अध्यक्षता मारवाड़ी महिला मंच धरान की अध्यक्ष अनिता अटलले गर्नु भयो भने प्रमुख अतिथिमा धरानकी उपमेयर श्रीमती मंजू भंडारी र विशिष्ट अतिथिमा प्रा. डा. ज्योति अग्रवाल हुनुहुन्थ्यो । कार्यक्रममा सभाध्यक्ष अनिता अटलको स्वागत मन्तव्य थियो भने आयोजक नेपाल अग्रवाल महिला मंच धरान की अध्यक्ष इन्दु तोदीले आफ्नो मन्तव्यमा नारी दिवस विषयमा जानकारी एवम् यसको उद्देश्यको बारेमा वृहत चर्चा तथा छलफल गर्नु भयो ।
कार्यक्रममा स-साना भाइबहिनीहरुले स्वागत नृत्य प्रस्तुत गरे साथै अरु भाइबहिनीहरुले र महिलाहरुले पनि समूहगत रुपमा सन्देशमुलक महिला सशक्तिकरण विषयक नृत्य एवम् अभिनय प्रस्तुत गरे। यसका साथ साथै महिला सशक्तिकरण विषय मै आधारित स्वरचित कविता पाठ र खुला मंचमा सबैले आ-आफ्नो विचार मन्तव्य तथा समाधान पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा मारवाड़ी समाजका विशेष उपलब्धि प्राप्त महिला तथा सामाजिक सेवामा संलग्न महिला एवम् उच्च शिक्षा, ओहदा प्राप्त महिलाहरु जस्तै डाक्टर, इन्जीनियर, सीए, एमबीए इन्टिरियर डिजाइनर, वकील, फर्मासिस्ट, ब्युटिशियन, अधिकारी, सरकारी शिक्षिका गरी जम्मा ४५ जना महिलाहरुलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो । जसमा कोरोनाको विपद लामो समयावधीमा पनि सामाजिक सेवा प्रदान गर्ने प्रा. डा. सुधा अग्रवाल, प्रा. डा. ज्योति अग्रवाल, ब्रम्हकुमारी राजयोग सेवाकेन्द्र मा सेवारत, पुनम अग्रवाल त्यस्तै लामो समयावधी देखी व्यक्तिगत खर्चबाटै सामाजिक सेवा दिने ज.अ.अ.अ.स.स.स.स.स. ग्रुपको विशेष सम्मान गरियो । प्रमुख अतिथि तथा विशिष्ट अतिथिज्यूहरुले पनि आआफ्नो बक्तव्य प्रस्तुत गर्नु भयो। कार्यक्रममा भाग लिने सबैलाई प्रशंसापत्र दिएर हौस्याइयो । मारवाड़ी महिला मंच धरान की उपाध्यक्ष गीता अग्रवालको धन्यवाद ज्ञापन पछि चिया चमेनाका साथ कार्यक्रमको समापन गरिएको थियो ।
यस्ता कार्यक्रमबाट प्रेरणा, प्रोत्साहन,  महिला महिलामा आपसी एकता प्रेम,सद्भाव र समझदारी बढ्नुको साथै, हौंसला, उत्साह नयाँ जोशको सृजना भई कुरीति विरुद्ध तथा आफ्नो हक अधिकारको लडाई लड्न सकिने व सबैलाई महसूस भएको छ।

यहाँ कमेन्ट गर्नुहोस्