१४ आषाढ २०८२, आइतबार
Tags

मोरङको बबियामा ७ वर्षीया बालि’काको ह’त्या, एक जना शंकास्पद पक्रा’उ

रणभुमी डेस्क शनिबार, आषाढ १३, २०८२

बिराटनगर / मोरङ जिल्लाको धनपालथान गाउँपालिका–६ स्थित बबियामा पाँच वर्षीया बालिकाको रहस्यमय र दुखद हत्या भएको छ। शनिबार बिहान स्थानीय अक्षय सरदारकी छोरी आत्तिका सरदार मृत अवस्थामा फेला परेकी थिइन्।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नारायण चिमरिया स्वयं टोलीसहित घटनास्थल पुगेका थिए। प्रारम्भिक अनुसन्धानमा बालिकाको अनुहार, घाँटी तथा शरीरका विभिन्न भागमा चोटपटक देखिएको जनाइएको छ।

एसपी चिमरियाले घटनाको प्रकृति हेर्दा बालिकामाथि बलात्कारपछि हत्या गरिएको आशंका गरिएको बताए। तर, घटनाको पुष्टि पोष्टमार्टम रिपोर्टपछि मात्रै गर्न सकिने उनले स्पष्ट पारे। मृतक बालिकाको शव परीक्षणका लागि कोशी अस्पताल, विराटनगर पठाइएको छ।

प्रहरीले घटनासँग सम्बन्धित शंका लागेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। यद्यपि, अनुसन्धान प्रभावित नहोस् भनेर उनको नाम हालसम्म सार्वजनिक गरिएको छैन। “अनुसन्धानको सिलसिलामा एक जना नियन्त्रणमा लिएका छौँ,” एसपी चिमरियाले भने, “घटनाका सबै पाटाहरू खुलाउन प्रहरी टोली गहिरो रूपमा जुटिरहेको छ।”

बालिकाको हत्या भएपछि स्थानीयवासीहरूमा शोक, त्रास र आक्रोशको वातावरण छाएको छ। प्रहरी स्रोतका अनुसार अनुसन्धान संवेदनशील ढंगले अघि बढाइएको छ र दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिवद्धता गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्