१४ बैशाख २०८१, शुक्रबार
Tags

विभिन्न लागु औषध सहित ४ जना पक्राउ पक्राउ

रणभूमी बिहिबार, साउन २१, २०७८

पर्सा / श्रावण २१, वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले अाज साढे दुई बजेको समयमा शंकितरूपमा पैदल हिँडिरहेको वडा नं.९ रामटोल बस्ने बर्ष ४५ को जितेस प्रसाद श्रीवास्तवलाई शंका लागी रोकी जाँच गर्दा दुई वटा झोलाभित्र लुकाइछिपाई ल्याएको लागु अनरेक्स नाम गरेकाे औषध २३१ बोतल फेला परेपछि पक्राउ गरेको हाे । पक्राउ परेको श्रीवासतवलाई आवश्यक कारवहीको लागी लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्सा को प्रवक्ता डिएसपी ओम प्रकाश खनालले बताउनभयो ।

त्यसैगरी श्रावण २० गते अन्दाजी साढे एक बजेको समयमा वीरगञ्ज महानगर पालिका वडा नं.१६ शंकराचार्यगेटबाट जिल्ला काठमाण्डौ का.म.न.पा. ४ सितापाईला बस्ने वर्ष ३२ को बिमल श्रेष्ठ र जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.११ बस्ने वर्ष २१ को डेनिएल तामाङलाई ना.४१ प ६८४४ नम्बरको स्कुटीको डिक्कीमा लुकाई ल्याएको लागु औषध नुर्फिन ३० एम्पुल, डाइजेपाम ३० एम्पुल र फेनारगन ३० गरी जम्मा ९० एम्पुल सहित पक्राउ गरि नियन्त्रणमा लिएको छ । साथै अाज १२ बजेको समयमा वीरगञ्ज म.न.पा. वडा नं.१६ रजतजयन्ती चोकबाट जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.४ बस्ने वर्ष २७ को बिकाश देउलालाई ना.२३ प २५६५ नम्बरको स्कुटीको डिक्कीमा लुकाइछिपाई ल्याएको लागु औषध कोडिन पासफोट सिरप १०० एमएल को ३३ बोत्तल, नाईट्राभेट ७५ ट्याब्लेट र स्पकोरभन प्लस ८ थान ट्याब्लेट सहित नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रवक्ता खनालले बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्