२० बैशाख २०८१, बिहिबार
Tags

अबैध तस्करीको सामान पक्राउ गरि भन्सार दाखिला

रणभूमी बिहिबार, साउन २१, २०७८

रुपन्देही / श्रावण २१, जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतका प्रहरी चौकीहरुले आज बिभिन्न ठाउँहरु बाट भारत बाट तस्करी गरि अबैध रुपमा नेपाल ल्याइरहेको नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भान्सा दाखिला गरेका छन् ।

ईलाका प्रहरी कार्यालय मझगावा रुपन्देही मातहत सिमा प्रहरी चौकी कदमहवा रुपन्देहीबाट खटी गएको प्रहरी टोलीले अबैध रुपमा भारत बाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको सिलिङ फ्यानको ह्याङ्गर ५० थान, फलामको एङ्गल ८ थान, मोटरसाईकलका बिभिन्न पाठ-पुर्जाहरु गरि अन्दाजी मूल्य रु. १ लाख ८ हजार ४ सय बराबरको अबैध सामान बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको छ । त्यसैगरी ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारत बाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको सुर्ति पत्ता १२ केजी र चिनी १ सय ५० केजी गरी अन्दाजी मुल्य रु १७ हजार बराबरको अबैध सामान बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले बताएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्