१४ बैशाख २०८१, शुक्रबार
Tags

भन्सार छली ल्याएको माछा नष्ट

रणभूमी बिहिबार, साउन २१, २०७८

विराटनगर / श्रावण २१, भारत बाट भन्सार छली भित्री बाटो हुँदै नेपाल ल्याइएको ८० किलो माछा सशस्त्र प्रहरीले नियनत्रणमा लिई नष्ट गरेका छन् ।

चोर बाटोहरु प्रयोग गरेर मोटरसाइकलमा नेपाल ल्याउँदै गरेकाे दुई क्यारेट माछा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानीबाट गस्तीमा निस्किएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियाे । सशस्त्र प्रहरीकाे गस्ति टोलीलाई देखेर माछा ल्याउने व्यक्ति मोटरसाइकल सहित माछा छोडेर भागेका थिए । नियन्त्रणमा लिएको उक्त होण्डा कम्पनीको मोटरसाईकलमा अगाडी र पछाडिको नम्बर पनि फरक रहेको हुनाले माछा कसको हो भनी यकिन गर्न नसकिएको सशस्त्र प्रहरीले बताए ।

पक्राउ गरेकाे सो माछा पशु क्वारेन्टाइन को पशु चिकित्सकको निर्देशनमा विराटनगर १६ को वडा अध्यक्ष मनोज सुब्बा ताथा सचिव कमल शाहको रोहवरमा खाल्डो खनी नष्ट गरेका छन् । पक्राउ गरीएको मोटरसाइकल भोली विराटनगर भन्सार कार्यालयमा बुझाउने सशस्त्र प्रहरीले बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्