१७ भाद्र २०८२, बुधबार
Tags

मिल्सएरियाबाट घरमै पार्किङमा राखिएको मोटरसाइकल चोरी

पवन शाह मंगलबार, भाद्र १६, २०८२

विराटनगर / विराटनगर–१५ मिल्सएरिया रानीस्थित सुडी टोलमा शनिवार बिहान घरभित्रै पार्किङ गरेर राखिएको मोटरसाइकल चोरी भएको छ।

स्थानीय सुरज कुमार साहको घरभित्र पार्किङमा राखिएको प्रदेश १-०४-००२ प १७३३ नम्बरको बजाज पल्सर एनएस १६० सिसी कालो मा रातो धर्सा भएको मोटरसाइकल बिहान ४ बजेर ४८ मिनेटको समयमा घरको पर्खाल नाघेर प्रवेश गरेका चोरले चोरी गरेका हुन्।

घटनापछि खोजतलासका क्रममा छिमेकीको घरमा जडान गरिएको सीसीटीभी क्यामेरामा मोटरसाइकल चोरी भएको दृश्य कैद भएको साहले जनाएका छन्। उनले चोरी भएको मोटरसाइकल फेला पार्न प्रहरीसँगै आफैं पनि खोजतलास जारी राखेको बताए।

मोटरसाइकल चोरी भएको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रानीमा निवेदन दिइएको छ। निवेदन दर्ता भएपछि प्रहरीले तत्काल घटनाको अनुसन्धान र मोटरसाइकल खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्