२२ मंसिर २०७९, बिहिबार
Tags

अबैध रुपमा नेपालबाट भारततर्फ लादै गरेको स्याउ बरामद

रणभूमी शुक्रबार, साउन २२, २०७८

पर्सा / श्रावण २२, पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं.१६ भुटनदेवी स्थित सडक खण्डमा मानिसहरूले टाउकोमा बोकी भारत तर्फ लादै गरेकाे स्याउ प्रहरीले पक्राउ गरी भन्सार दाखिला गरेकाे छ ।

उक्त सडक खण्डमा १०/१५ जना नामथर वतन यकिन नभएका मानिसहरुले टाउँकोमा बोकी अवैध रुपमा भन्सार छली चोरी निकासी गरी भारत तर्फ लैजादै गरेको ५९ कार्टुन स्याउ यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय नगवाबाट खटिगएको प्रहरी टोलीलाई देख्नसाथ स्याउ छाडी फरार भएकोमा उल्लेखित स्याउ वेवारिसे अवस्थामा फेला पारी बरामद गरी अन्दाजी मुल्य रू.२८ हजार दुई सय पचास मुल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रवक्ता डिएसपी ओम प्रकाश खनालले बाउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्