२३ भाद्र २०८२, मंगलबार
Tags

इटहरी उपमहानगर कार्यालयमा आगजनी, अनिश्चितकालीन कर्फ्यु

रणभूमी सम्वाददाता सोमबार, भाद्र २२, २०८२

विराटनगर । सामाजिक सञ्जाल प्रतिबन्ध र सरकारविरुद्ध उत्रिएको युवापुस्ताको आन्दोलन इटहरीमा हिंसात्मक बनेको छ । सोमबार दिउँसो प्रदर्शनकारीले सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगो लगाइदिएका हुन् ।

पालिका परिसरभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले हवाइफायर गरेपछि उनीहरूले मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा आगजनी गरेका हुन् ।

आगो नियन्त्रणमा आउन नसकेको इटहरी उपमहानगरपालिकाले जनाएको छ । प्रदर्शन तीव्र बनेपछि स्थानीय प्रशासनले सुरक्षाको कारण देखाउँदै अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्