२३ भाद्र २०८२, मंगलबार
Tags

विराटनगरमा आज दिनभर कर्फ्यू, सभा-जुलुसमा प्रतिबन्ध

रणभूमी सम्वाददाता मंगलबार, भाद्र २३, २०८२

विराटनगर / मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले आज बिहान ११ बजेदेखि बेलुकी १० बजेसम्मका लागि विराटनगर महानगरसहित जिल्लाका मुख्य क्षेत्रहरूमा कर्फ्यू आदेश जारी गरेका छन्।

जिल्ला प्रशासन कार्यालय मोरङले आज जारी गरेको विज्ञप्ति अनुसार विभिन्न समूह र पक्षहरूको माग राखेर भएका प्रदर्शनका कारण हिंसात्मक गतिविधि र अशान्तिको संभावना देखिएपछि यो निर्णय लिइएको हो।

मुख्य प्रतिबन्धित क्षेत्रहरू:

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) बमोजिम देहायका क्षेत्रहरूमा कर्फ्यू लागू गरिएको छ:

सरकारी कार्यालय क्षेत्रहरू:
– प्रदेश सभा क्षेत्र (पूर्वमा नेपाल राष्ट्र बैंक, पश्चिममा कोशी अस्पताल चोक)
– मुख्यमन्त्री कार्यालय क्षेत्र (उत्तरमा रोडशेष चोक, दक्षिणमा जतुवा चोक)
– मुख्यमन्त्री निवास क्षेत्र (उत्तरमा रोडशेष, दक्षिणमा सिंचाई मन्त्रालय जाने बाटो)
– जिल्ला प्रशासन कार्यालय परिसर (उत्तरमा शनिहाट, दक्षिणमा टेलिकम जाने मोड, पश्चिममा गोल्छा आँखा अस्पताल)

मुख्य सहरी क्षेत्रहरू:
– विराटनगर महानगरपालिका क्षेत्र (पूर्वमा शनिहाट चोक, उत्तरमा विराटेश्वर मन्दिर, दक्षिणमा गोल्छाचोक)
– प्रदेश प्रमुख कार्यालय र निवास क्षेत्र
– एकीकृत जाँच चौकी (ICP) को ३०० मिटर क्षेत्र

के के प्रतिबन्धित छ:

कर्फ्यूको अवधिमा सर्वसाधारण र सवारी साधनको सामान्य आवतजावत बाहेक निम्न गतिविधिहरू प्रतिबन्धित छन्:
– सभा-गोष्ठी
– जुलुस निकाल्ने
– भेला-जमघट गर्ने
– धर्ना-प्रदर्शन गर्ने

कानुनी कारबाहीको चेतावनी:

प्रशासनले यो आदेशको उल्लंघन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

जिल्ला सुरक्षा समितिको आजै बसेको बैठकको निर्णय अनुसार यो कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ। सार्वजनिक शान्ति सुरक्षा कायम राख्नका लागि यो निर्णय लिइएको प्रशासनको भनाइ छ।

यहाँ कमेन्ट गर्नुहोस्