१६ चैत्र २०८०, शुक्रबार
Tags

पुरातात्विक धार्मिक महत्त्वको बहुमुल्य धर्मग्रन्थ हो भनि ठगी गर्ने दुई पक्राउ

रणभूमी शुक्रबार, साउन २२, २०७८

काठमाडौं / श्रावण २२, बौद्ध धर्मको प्राचीन पुरातात्विक बहुमुल्य ग्रन्थ हो भनि देखाइ, झुक्याई सर्बसाधारणलाई प्रलोभनमा पारी नगद ठगी गर्ने समुहको दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

त्यस्ता गिरोहको खोजतलास गर्ने क्रममा श्रावण १४ गते जिल्ला उदयपुर चौदण्डिगढी न.पा. वडा नं. ०८ घर भई हाल काठमाण्डौं जिल्ला गोकर्णेश्वर नगरपापालिका वडा नं. ८ आरुबारी बस्ने हेम प्रकाश मगरलाई प्राचिन पुरातात्विक बौद्ध ग्रन्थको रु.३ करोड ८५ लाख रुपैयाँमा खरिद बिक्री गर्ने भनी बाहाना बनाई झुक्यानमा पारी हेम प्रकाश मगरको साथबाट नगद रु. १३ लाख उनान्नब्बे हजार रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न रहेका निम्न मानिसहरुलाई महानगरीय अपराध महाशखा खटिएको विशेष टोलीले मिति श्रावण २१ गते हिजो का.जि.गोकर्णेश्वर.न.पा. वडा नं. ८ आरुबारीबाट जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा नं. ०१ घर भई हाल का.जि. माकलबारी बस्ने वर्ष २० को आशिष लामा तामाङ र जिल्ला भोजपुर रामप्रसाद गा.पा. वडा नं. ७ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ७ बस्ने वर्ष ३० को रजिन राईलाई बौद्ध धर्मको पुरातात्विक ग्रन्थ सहित पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँमा पठाईएको छ । सो सम्बन्धमा अन्य थप अनुसन्धान कार्य भइरहेको महानगरीय अपराध महाशखा ले बताएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्