२० बैशाख २०८१, बिहिबार
Tags

संरक्षित वन्यजन्तु जरायोको सिङ र सालको खपटा सहित १ जना पक्राउ

रणभूमी शुक्रबार, साउन २२, २०७८

काठमाडौं / साउन २२, नागार्जुन नगरपालिका ३ रातमाटेबाट संरक्षित वन्यजन्तु जरायोको सिङ जस्तो देखिने २ थान आखेटोपहार र ३६ पीस सालकको खपटा सहित सोही नगरपालिका-३ बस्ने ४५ वर्षीया माइली पुतुवारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

संरक्षित वन्यजन्तु अवैध रुपमा ओसारपसार गरी बेचबिखन गर्न लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट समेत खटिएको टोलीले अवैध रुपमा ओसारपसार गरी बेचबिखन गर्न लुकाई राखेको अवस्थामा उक्त सिङ र खपटा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको कार्यालय पानीमुहान काठमाडौं बुझाईएको उक्त व्यूरोले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्