
रणभूमी सम्वाददाता मंगलबार, आश्विन २८, २०८२

विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका–७ बाट बेवारिसे अवस्थामा रहेको १० लाख ११ हजार ९४० रुपैयाँ बराबरको लत्ता कपडा र किराना सामान बरामद गरेको छ।
आज बिहान करिब १० बजेको समयमा चेकिङमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेको सामानहरू फेला पारेको हो। बरामद सामानमा ९ लाख ५७ हजार ६०० रुपैयाँ बराबरको लत्ता कपडा र ५४ हजार ३४० रुपैयाँ बराबरको किराना सामान रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिनुभयो।
प्रहरीले बरामद गरेका सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानी विराटनगर पठाइएको छ।
यहाँ कमेन्ट गर्नुहोस्