२६ फाल्गुण २०८२, मंगलबार
Tags

लागूऔषध ब्राउनसुगरसहित चार जना पक्राउ

रणभूमी सम्वाददाता मंगलबार, फाल्गुण २६, २०८२

विराटनगर / सुनसरी र झापाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ।

फागुन २५ गते सुनसरीको इनरुवा नगरपालिका–४ मा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट खटिएको प्रहरी टोलीले सवारी जाँचका क्रममा को.३१ प ३२५५ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–१८ का २९ वर्षीय जेम्स राई र पछाडि सवार इटहरी–१७ का २९ वर्षीय सिद्धार्थ चौधरी रहेका छन्। उनीहरूको साथबाट ३५ ग्राम २१ मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।

यसैगरी सुनसरीकै इटहरी–४ बाट इलाका प्रहरी कार्यालय इटहरीले धरान उपमहानगरपालिका–२० का ३३ वर्षीय अर्जुन राईलाई १ ग्राम ४०० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ।

त्यस्तै झापाको कमल गाउँपालिका–६ मा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मे.११ प ६०५० नम्बरको मोटरसाइकल चालक सोही स्थानका ३२ वर्षीय लक्ष्मण राजवंशीलाई ३ ग्राम ४४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्