२७ फाल्गुण २०८२, बुधबार
Tags

सिरहा जिल्ला अदालतअगाडि कुकर बम विस्फोट, ल फर्ममा क्षति

रणभूमी सम्वाददाता बुधबार, फाल्गुण २७, २०८२

सिरहा । सिरहा जिल्ला अदालतअगाडि कुकर बम विस्फोट भएको छ। अदालत परिसर नजिकै रहेको एक मधेश ल फर्ममा बम विस्फोट भएको जनाइएको हो।

विस्फोटका कारण ल फर्मको सिसा फुट्नुका साथै कार्यालयभित्र रहेका कागजात तथा फर्निचरमा क्षति पुगेको प्रहरीले जनाएको छ।

घटनापछि तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको छ। विस्फोट कसले र किन गराएको भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्