२८ फाल्गुण २०८२, बिहिबार
Tags

धरानमा ३० केजी गाँजासहित एक युवक पक्राउ

रणभूमी सम्वाददाता बिहिबार, फाल्गुण २८, २०८२

सुनसरी / धरान उप–महानगरपालिका क्षेत्रबाट ३० केजी गाँजासहित एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८२ फागुन २८ गते बिहान करिब ९ः१५ बजे धरान उप महानगरपालिका वडा नं. १३ फुसेस्थित क्षेत्रमा चेकजाँचका क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको हो।

कोशी प्रदेश प्रहरी कार्यालय ‘पिट’, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर झोला जाँच गर्दा संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नं. ४ बस्ने २० वर्षीय सन्दिप राईले बोकेको झोलाभित्र लागूऔषध गाँजाजस्तो देखिने पदार्थ करिब ३० केजी फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले राईलाई उक्त गाँजासहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।

यहाँ कमेन्ट गर्नुहोस्