२८ फाल्गुण २०८२, बिहिबार
Tags

धरानमा कुटपिटबाट एक वृद्धको मृत्यु, एक जना पक्राउ

रणभूमी सम्वाददाता बिहिबार, फाल्गुण २८, २०८२

सुनसरी । धरानमा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

धरान उपमहानगरपालिका–५ देउराली बस्ने ७२ वर्षीय सुरेन श्रेष्ठको कुटपिटपछि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। श्रेष्ठलाई कुटपिट गरेको अभियोगमा धरान उपमहानगरपालिका–१५ बस्ने ३२ वर्षीय भरत विकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार धरान–१५ मा भएको वादविवादका क्रममा भरतले सुरेनमाथि कुटपिट गर्दा उनी गम्भीर घाइते भएका थिए। घाइते श्रेष्ठलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपामा लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले भरतलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्