२८ फाल्गुण २०८२, बिहिबार
Tags

जबरजस्ती करणी आरोपमा तीन जना पक्राउ

रणभूमी सम्वाददाता बिहिबार, फाल्गुण २८, २०८२

कञ्चनपुर / ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा कञ्चनपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय नरेश गिरी र सोही नगरपालिका–९ का ४० वर्षीय हिरा नाथ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले ती महिलामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले बुधबार दिउँसो दुवै जनालाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी, म्याग्दीमा पनि जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन्। धवलागिरी गाउँपालिका–७ धारापानीका ४२ वर्षीय प्रेम बहादुर दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनले ५२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि प्रहरी चौकी मुनाताकमबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान उनलाई पक्राउ गरेको हो।

दुवै घटनाबारे सम्बन्धित जिल्ला प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्