१५ बैशाख २०८१, शनिबार
Tags

महिलाको घाटी बाट सुनको सिक्री लुटेर भाग्ने पक्राउ

रणभूमी सोमबार, साउन २५, २०७८

काठमाण्डौ / श्रावण २५, महिलाको घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने क्रममा सिन्धुपाल्चोक बाट एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

आईतवार दिउँसो अन्दाजी ३:०० बजेको समयमा काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं.१० कपन आकाशेधारा नजिक बर्ष ५७ की महिलाको घाँटीमा लगाएको सुनको सिक्री लुटी भाग्ने क्रममा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी नगरपालिका वडा नं.०२ तातोपानी स्थाई घर भई हाल काठमाण्डौ गोकर्णेश्वर नगरपालिका आरुबारी बस्ने बर्ष अं.२२ को अन्जित सुवेदीलाई महानगरीय प्रहरी प्रभाग कपन बाट खटीएको प्रहरी टोली तथा स्थानिय मानिसहरुको सहयोगमा पक्राउ गरेको हो । पक्राउ परेका सुवेदीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी बृत्त बौद्ध पठाईको ।

यहाँ कमेन्ट गर्नुहोस्