१६ जेठ २०८३, शनिबार
Tags

चोरीको मोटरसाइकलसहित दुई युवक प्रहरी नियन्त्रणमा

रणभूमी सम्वाददाता शनिबार, जेठ १६, २०८३

विराटनगर / मोरङको बेलबारी नगरपालिका–५ केसनीस्थित भित्री सडक खण्डबाट चोरीको मोटरसाइकलसहित दुई जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार दिउँसो करिब २ बजे शंकास्पद अवस्थामा रोकिराखिएको प्र १–०२–०४२ प ९७६६ नम्बरको कालो–रातो रंगको १५० सीसी पल्सर मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले जाँच गरेको थियो।

जाँच तथा अनुसन्धानका क्रममा उक्त मोटरसाइकल इटहरी क्षेत्रबाट चोरी गरी ल्याइएको खुलेपछि मोटरसाइकल चालक बेलबारी नगरपालिका–३ निवासी २७ वर्षीय सुरज विक र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका २७ वर्षीय अनिश परियारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्