०५ आषाढ २०८३, शुक्रबार
Tags

रानी क्षेत्रबाट लागुऔषध खैरो हिरोइन सहित तीन जना पक्राउ

रणभूमी सम्वाददाता शुक्रबार, आषाढ ०५, २०८३

विराटनगर / मोरङ प्रहरीले विराटनगर महानगरपालिका–१५ रानी क्षेत्रबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार लागूऔषध दुर्व्यसनविरुद्धको महाअभियान (मेगा क्याम्पेन अगेन्स्ट नार्कोटिक्स–मेगा क्यान) अन्तर्गत लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष चेकजाँचका क्रममा तीन जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका विराटनगर–१५ बस्ने ३२ वर्षीय दीपक सहनी, २७ वर्षीय मो. कफिल र सुनसरीको दुहबी नगरपालिका–५ बस्ने २५ वर्षीय दीपेश पोखरेललाई शंकास्पद अवस्थामा जाँच गर्दा उनीहरूको साथबाट खैरो हिरोइनजस्तो देखिने पदार्थ ८ ग्राम ३१० मिलिग्राम बरामद गरिएको थियो।

बरामद पदार्थसहित तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीले लागूऔषध नियन्त्रण तथा दुर्व्यसन न्यूनीकरणका लागि विशेष अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्