०५ आषाढ २०८३, शुक्रबार
Tags

प्रहरी हुँ भन्दै धम्क्याउने व्यक्ति काठमाडौंबाट पक्राउ

रणभूमी सम्वाददाता शुक्रबार, आषाढ ०५, २०८३

काठमाडौं / आफूलाई प्रहरी भएको भन्दै सर्वसाधारणलाई धाकधम्की दिने एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ का ४७ वर्षीय शैलेश डंगोल रहेका छन्। उनलाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३२ स्थित फुटबल ग्राउण्ड क्षेत्रमा प्रहरीले प्रयोग गर्ने वाकी–टकी सेट देखाएर आफू प्रहरी भएको भन्दै धाकधम्की दिएको सूचना प्राप्त भएपछि प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले डंगोललाई पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका डंगोलमाथि आवश्यक अनुसन्धान भइरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्