०८ बैशाख २०८१, शनिबार
Tags

संरक्षित वन्यजन्तुको सूचीमा रहेको जिवित भैंसेगोहोरो सहित ३ जना पक्राउ

रणभूमी सोमबार, साउन २५, २०७८

काठमाडौं, साउन २५, संरक्षित वन्यजन्तुको सुचिमा रहेको जिवित भैंसेगोहोरो सहित ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङ थाक्रे गाउँपालिका-५ नौविसे दामिचौर बस्ने ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका-३ भैंसे बस्ने १९ वर्षीय सुरेश बिक र दोलखा तामाकोशी गाउँपालिका-५ गोगनटार बस्ने २३ वर्षीय सुमन बिक रहेका छन् ।

संरक्षित वन्यजन्तु अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुले अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा बुझाइएको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्