१६ चैत्र २०८०, शुक्रबार
Tags

गाँजा सहित सिटी सफारी चालक बेलबारी बाट पक्राउ

रणभूमीl सोमबार, साउन २५, २०७८

विराटनगर / श्रावण २५, मोरङ सुन्दरहरैचा नगरपालिका ७ बाट लागूऔषध गाँजा सहित सिटी सफारी चालकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुट्टा शहिद भूमी गाऊपालिका ५ घर भई हाल सुन्दरहरैचा नगरपालिका ५ मा डेरा गरी बस्ने २४ बर्षीय ईमान राई रहेका छन् ।

आज दिनको साढे ३ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फ जादै गरेको राईले चलाएको को १ ह ७९८५ नम्बरको सिटी सफारी चेकजाँच गर्ने क्रममा लागूऔषध गाँजा फेला परेको हो । पक्राउ परेका राईको कोठा समेतमा खानतलासी गर्दा लागूऔषध गाँजा ७ केजी ९८४ ग्राम बरामद गरिएको हो ।

सिटी सफारी सहित पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्