१६ चैत्र २०८०, शुक्रबार
Tags

लेटाङ्ग बाट नेपालमा प्रतिबिन्धित औषधी सहित एक जना पक्राउ

रणभूमी मंगलबार, साउन २६, २०७८

विराटनगर / श्रावण २६, मोरङ लेटाङ नगरपालिका ९ बुढौली चौक बाट प्रतिबन्धित औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लेटाङ ८ का २४ बर्षीय पदम बहादुर राई रहेका छन् ।

हिजो बेलुका साढे ५ बजे अस्थाई प्रहरी चौकी जातेबाट खटिएको प्रहरी टोलीले राईलाई प्रतिबन्धित औषधी २०० ट्याब्लेट र स्पासपेन १७० ट्याब्लेट सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका राईलाई ईलाका प्रहरी लेटाङबाट थप अनुसन्धान भईरहेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्