रणभूमी सम्वाददाता बिहिबार, साउन २१, २०८३
विराटनगर / मोरङ प्रहरीले लेटाङ नगरपालिका–१ बाट जबरजस्ती करणी आरोपमा एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन १६ गते रातिको समयमा लेटाङ नगरपालिका–१ स्थित आफ्नै घरमा बस्दै आएकी एक महिलामाथि सोही स्थानका ३४ वर्षीय गंगा बहादुर गुरुङले घरको कोठाभित्र लगी मुख थुनी पीडितको इच्छाविपरीत जबरजस्ती करणी गरेको आरोप लागेको हो।
पीडित महिलाले इलाका प्रहरी कार्यालय लेटाङमा जाहेरी दिएपछि खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा गंगा बहादुर गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। पक्राउ परेका गुरुङमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्