१६ चैत्र २०८०, शुक्रबार
Tags

हतियार सहित २ जना मानिस पक्राउ

रणभूमी मंगलबार, साउन २६, २०७८

कैलाली / श्रावण २६, ईलाका प्रहरी कार्यालय मसुरिया कैलाली बाट गस्तिमा निस्केको प्रहरी टोलीले चेक जाँचको क्रममा हतियार सहीत दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सोमवार राती अन्दाजी १२ बजेको समयमा ईलाका प्रहरी कार्यालय मसुरिया बाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला कैलाली गौरीगंगा नगरपालिका वडा नं.०९ शंकरपुर स्थित पुर्वपश्चिम राजमार्गमा पश्चिम बाट पुर्व तर्फ गईरहेको बा १७ च १३१२ नम्बरको जिपलाई चेकजाँच गर्ने क्रममा जिप भित्र लुकाई राखिएको अवस्थामा हतियार बरामद गरेकाे हाे ।

चालक धनगढी उपमहानगरपालिका वडा न.२ बस्ने बर्ष ४६ को मोहित कुमार शाहले चलाई ल्याएको गाडीमा कैलारी गाँउपालिका वडा नं. ९ बस्ने वर्ष ५३ को खेम राज चौधरी, धनगढी उपमहानगरपालिका वडा नं. १ बस्ने वर्ष ४६ को रुपक मल्ल र कैलारी गाँउपालिका वडा नं ९ बस्ने वर्ष ३३ को योगेन्द्र बहादुर देउवा सवार भई आएको थियो । सो जिपलाई चेकजाँच गर्ने क्रममा जिप भित्र लुकाई राखिएको अवस्थामा १२ बोर १ थान, त्यसमा लाग्ने कार्टिज १ थान र पोईन्ट टु टु १ थान, त्यसमा लाग्ने गोली १० राउण्ड समेत फेला पारी बरामद गरिएको हाे ।

प्रारम्भिक अनुसन्धानको क्रममा १२ बोर १ थान, त्यसमा लाग्ने कार्टिज १ थान खेम राज चौधरीको र पोईन्ट टु टु १ थान, त्यसमा लाग्ने गोली १० राउण्ड मोहित कुमार शाहको भन्ने खुल्न आएको हुँदा निज दुवै जनालाई पक्राउ गरी हातहतियार खरखजाना शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धानका कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्