१४ बैशाख २०८१, शुक्रबार
Tags

करिब आधा किलो अवैध सुन र नगद सहित ३ जना मानिस पक्राउ

रणभूमी बुधबार, साउन २७, २०७८

कैलाली / श्रावण २७, आज दिउसो साढे एक बजेको समयमा अवैध सुन ल्याईरहेको भन्ने बिशेष सुचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय,अपराध अनुसन्धान समूह ( रिट ) र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले अवैध सुन र नगद सहित तिन जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

टोलिले अत्तरिया स्थित सडकखण्डमा काठमाण्डौबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना.८ ख ८३४९ नम्बरको महाकाली यातायातको बसलाई चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला कंचनपुर शुक्लाफाँटा नगरपालिका वडा नं ८ फुलैली बस्ने बर्ष ३५ को भवानी घिमिरे (कण्डक्टर) को साथबाट ४९.९५ ग्राम अवैध सुनको बाला, नगद रु.२६ हजार २ सय रुपैया र मोबाईल सेट एक थान र जिल्ला सुनसरी रामधुनी नगरपालिका वडा नं ३ सिंगिया घर भई शैलेश्वरी सुनचाँदी पसल अत्तरिया कैलालीमा काम गर्दै आएको बर्ष २६ को राजु बि.क. को साथबाट सुनको बालाहरु, सिक्री गरी जम्मा ३४९.८७ ग्राम अवैध सुन, नगद रू. ६ हजार ९ सय ५ रुपैयाँ र मोवाईल थान-२ सहीत बरामद गरेको थियो ।

प्रारम्भिक सोधपुछको क्रममा भवानी घिमिरेले ४९.९५ ग्रामको २ वटा सुनको बाला ल्याएको जस मध्ये १ वटा सुनको बाला जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं १ अत्तरिया बस्ने (शैलेश्वरी सुनचाँदी पसल अत्तरिया कैलालीको संचालक) बर्ष ३१ को समिर सिजापतीलाई दिएको भन्ने खुल्न आएकोले सोही स्थानमा रहेका सुन लिन पुगेका सिजापतीको समेत खानतलासी गर्दा सिजापतीको साथबाट ४९.९५ ग्राम अवैध सुनको बाला, नगद रू.१६ हजार ३ सय रुपैयाँ र मोवाईल थान-२ बरामद गरीएको हो । यसरी जम्मा ४४९.७७ ग्राम अवैध सुन, नगद रू. ४९ हजार ४ सय ५ रुपैयाँ र मोवाइल थान-५ बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्