१४ बैशाख २०८१, शुक्रबार
Tags

प्रतिबन्धित लागु औषध सहित एक जना पक्राउ

रणभूमी बुधबार, साउन २७, २०७८

चितवन / श्रावण २७, हिजो दिनको अन्दाजी ४ वजेको समयमा जिल्ला चितवन कालिका नगरपालिका वडा न.३ मिलिजुलीटोलमा चेक जाँचको क्रममा एक जनाको साथ बाट १५ सय थान लागु औषध सहित जिल्ला प्रहरी कार्यालय चितवनको टोलिले नियन्त्रणमा लिएको छ ।

पोलिथिनको झोला बोकी शंकास्पद रुपमा हिडिरहेको अबस्थामा शंका लागी प्रहरी टोलीले चेकजाँच गर्दा जिल्ला चितवन कालिका नगरपालिका वडा नं-७ नमुनाटोल बस्ने बर्ष-२४ को बिजय सुनारको साथबाट प्रतिवन्धित लागू औषध जस्तो देखिने नाईट्राजेडपाम टेबलेट
एलपी, नेट्राभेट – १० लेखिएको १५ सय थान ट्यावलेटहरु फेला परेको हो । लागूऔषध सहीत सुनारलाई पक्राउ गरी लागु औषध ऐन २०३३ अन्तर्गत मुद्धा दर्ता गरी म्याद थप गरेर अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्