१३ बैशाख २०८१, बिहिबार
Tags

“प्रहरीकाे अपरेशन यार्सागुम्बा” साढे ७ के.जी. यार्सागुम्बा सहित ७ जना पक्राउ

रणभूमी आइतबार, साउन ३१, २०७८

काठमाण्डौ / श्रावण ३१, श्रावण २४ गते आईतवार साढे ४ बजेको समयमा १ किलो यार्सा गुम्वा रु. २८ लाखमा खरिद गर्छु भनी बोलाएर ६/७ जनाको समूहले लुटी लगेको सम्बन्धमा अपराध अनुसन्धान महाशाखा बाट अप्रेसन यार्सागुम्बा भनेर खटेको टोलीले ७ जना व्यक्ति सहित ७ किलो ४४० ग्राम यार्सागुम्बा सहित नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाएको छ ।

सिन्धुपाल्चोक बारबिसे नगरपालिका वडा नं. ३ घर भई हाल का.जि. बौद्द बस्ने दिपक लामा लाई सिन्धुपाल्चोक बलेफी गाँउपालिका वडा नं. ६ घर भई हाल काठमाण्डौंको स्वयम्भू बस्ने सुरेश सापकोटालाई १ किलो यार्सा गुम्वा रु. २८ लाख रुपैयाँमा खरिद गर्छु भनी गणेश शाहीले फोन गरी काठमाण्डौंको नयाँ बसपार्क मित्रनगरमा रहेको होटेलमा बोलाएको थियो । सुरेश सापकोटा र दिपक लामाले बिक्री गर्नको लागी झोलामा लिई गएको १ किलो यार्सा गुम्बा ६/७ जना अपरिचित व्यक्तिहरुको समुहले डर, धाक, धम्की दिई लुटि लगी फरार भएको घटना प्रहरी समक्ष पुगेपछि घटनाको सम्बन्धमा अपराध अनुसन्धान महाशाखाबाट खटिएको अनुसन्धान टोलिले श्रावण ३० गते उक्त घटनामा संलग्न मूख्य योजनाकार तथा मतियारहरुलाई समेत काठमाण्डौंको बिभिन्न स्थानहरुबाट पक्राउ गरी १ लाख ५३ हजार नगद तथा उक्त यार्सा गुम्बाको कारोवारमा संलग्न मोहम्मद अलिको छोरा मोहम्मद ईसाकलाई समेत ७ के.जी. ४४० ग्राम यार्सा गुम्बा सहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमा मूख्य योजनाकार बझाङ जिल्ला मष्ट गा.पा.-५ घर भई हाल भक्तपुर सुर्यबिनायक कटुन्जे वर्ष ३४ को धर्म ओखेडा, म्यानपावर व्यबस्थापन गर्ने दोलखा जिल्ला बैतेश्वर गा.पा. वडा नं. २ घर भई हाल काठमाण्डौं जिल्ला ठमेल बस्ने वर्ष ३२ को मनोज कुमार श्रेष्ठ, म्यानपावर परिचालन गर्ने रामेछाप जिल्ला दोरम्वा गा.पा. वडा नं. ४ घर भई हाल काठमाण्डौं जिल्ला नयाँबजार बस्ने वर्ष २७ को दिपक थापामगर, मेनपावर ब्यवस्थापन गर्ने काभ्रे जिल्ला पाँचखाल न.पा. वडा न. १२ घर भई हाल काठमाण्डौं जिल्ला नयाँबजार बस्ने वर्ष बिशाल लामा, काभ्रे जिल्ला तिमाल गा.पा. वडा नं. ४ घर भई हाल काठमाण्डौं जिल्ला नयाँबजार बस्ने वर्ष २३ को योङदेन लामा, रामेछाप जिल्ला दोरम्बा गा.पा. वडा नं. २ घर भई हाल भक्तपुर सानोठिमि बस्ने वर्ष २२ को रोशन श्रेष्ठ र भारत कास्मिर आबुपाकर घर भई हाल काठमाण्डौं महानगर पालिका – १७ खुसिबु नयाँबजार बस्ने वर्ष ३७ को मोहम्मद ईसाक लाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्