१४ बैशाख २०८१, शुक्रबार
Tags

पाँच लाख बढीको अवैध सामान बरामद गरी भन्सार दाखिला

रणभूमी आइतबार, साउन ३१, २०७८

रूपन्देही / श्रावण ३१, जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतको प्रहरी चौकीहरुले बिभिन्न स्थानहरु बाट आज अवैध रूपमा भन्सार छली ल्याएको ५ लाख ९२ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामान पक्राउ गरी भन्सार दाखिला गरिएका छन् ।

ईलाका प्रहरी कार्यालय लुम्बिनी मातहत प्रहरी चौकी कालिदह रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको काठको जस्तो देखिने घिउँ कलरको माला २०४ मिटर, खैरो कालो तथा रातो रङको माला ४३ मिटर, कफि रङको सानो माला ४४८ मिटर, सानो कालो र खैरो रङको माला ३०६ मिटर, मन्दिरको काठको गजुर ११ वटा, काठको छडी आकारको गजुर ७ वटा र काठको पाला दियो आकारको २८ वटा गरी अन्दाजी मुल्य रु ५ लाख १६ हजार ५ सय बराबरको अबैध सामान बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको २ बोरा चिनी, बच्चाको लेङ्गा ४१ पिस, लेडिज टप्स ३६ पिस, अन्य कपडाहरु १२५ पिस र हार्डवेयरका सामानहरु गरी अं. मुल्य ७५ हजार ८ सय बराबरको अबैध सामान बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्