१४ बैशाख २०८१, शुक्रबार
Tags

२६ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

रणभूमी आइतबार, साउन ३१, २०७८

पोखरा / श्रावण ३१, ट्राफिक नियम उलंघन गरेको तथा स्वरुप परिवर्तन गरी चलाएको २६ थान मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीले रोकथामको क्रममा अभियान सञ्चालन गरी नियन्त्रणमा लिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयहरुले स्वरूप परिवर्तन तथा ध्वनि प्रदूषण गर्ने गरी तिव्रगतिमा लापरवाही तवरबाट चलाई सवारी नियम उल्लंघन गर्ने बुलेट मोटरसाईकल ७ वटा, क्रसफायर मोटरसाईकल ११ वटा र अन्य मोटरसाईकल–८ वटा गरी जम्मा २६ वटा दुई पाङ्ग्रे सवारी साधनहरूलाई नियन्त्रणमा लिई कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । सवारी नियम उल्लंघन कार्यलाई नियन्त्रण गर्ने अभियानकै रूपमा लागी परेको कास्की प्रहरीले साउन ३० गते पोखराका बिभिन्न स्थानमा चेक जाँच गरी उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्