०८ बैशाख २०८१, शनिबार
Tags

प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ

रणभूमी मंगलबार, भाद्र ०१, २०७८

बिराटनगर / भदौ १, मोरङ मिक्लाजुङ गाऊपालिका ३ स्थित सुन्दरी चौक स्थितबाट प्रतिबन्धित औषधी सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मिक्लाजुङ गाऊपालिका ४ का २१ बर्षीय बिदुर राई र उर्लाबारी नगरपालिका ३ का २२ बर्षीय बिक्रान्त अधिकारी रहेका छन् ।

हिजो बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई प्रतिबन्धित औषधी ट्रमाडोल क्याप्सुल २८८२ थान र स्पास पेन ट्याब २९२० थान सहित पक्राउ गरेको हो । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्