१५ बैशाख २०८१, शनिबार
Tags

अवैध रूपमा नेपाल ल्याउँदै गरेको ठुलो परिमाणमा सर्जिकल सामग्री पक्राउ

रणभूमी सोमबार, भाद्र ०७, २०७८

बिराटनगर / भदाै ७, भारत बाट नेपाल ल्याउदै गरेको ठूलो परिमाणमा सर्जिकल सामानहरु भारतिय सिमा सुरक्षा बल एसएसबीले पक्राउ गरी नियन्त्रणमा लिएका छन् ।

सर्जिकल सामानहरु सुनसरीको खुला नाका बाट नेपाल लगिदै छ भन्ने एसएसबीलाई प्राप्त भएकाे गोप्य सुचनाको अधारमा पक्राउ गरी नियन्त्रणमा लिएको हो । आईतवार विहान एसएसबी ५६ औ वाहनी फुलकाहा बीओपी बाट खटेको टोलिले सीमा स्तम्भ नम्बर १८६/०१ नजिक बाट नियन्त्रणमा लिएको छ ।

भारत बाट तस्करी गरी नेपाल ल्याउँदै गरेकाे लाखों रुपैयाँ पर्ने सर्जिकल ल्याबमा प्रयोग हुने सामग्री र तस्करी मा प्रयोग भएको स्कोर्पियो सहित दुर्इ जना ब्यक्तिलाई नियन्त्रणमा लिएको हो । यसरी पक्राउ पर्नेमा नेपालको बिरगंज निवासी लक्षमन यादव र भारत को पथरदेवा वडा नं १ बस्ने उमेश कुमार साह रहेको छ । उक्त सर्जिकल सामग्री सुनसरी जिल्लाको इटहरी उप-महानगपालिकामा रहेको एक टेक्निकल इंस्टीट्यूटमा डेलिभरी दिनुपर्ने एसएसबीको प्रारंभिक अनुसन्धान बाट खुलेकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्