०६ बैशाख २०८१, बिहिबार
Tags

म्याद गुज्रेका खाद्यय सामाग्रीमा नयाँ लेबल लगाई बेच्ने कम्पनीमा छापा

रणभूमी बुधबार, भाद्र ०९, २०७८

काठमाण्डौ / भदौ ९, म्याद गुज्रिएको डेट एक्सपाएर खाद्यान्न सामग्रीमा पुण: नयाँ मितिको लेबल लगाएर वजारमा बिक्री वितरण गर्ने नेपाल भेन्चर प्रा. लि.मा महानगरीय अपराध महाशाखा र बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागको अनुसन्धान टोलीले छापा मारेर एक जनालाई नियन्त्रणमा लिएको छ भने कम्पनीको संचालक फरार भएका छन् ।

बिभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफुखुसी महंगो मूल्य समेत राखी बजारमा बिक्री बितरण गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पार्ने कार्य भईरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखा र बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागको संयुक्त अनुसन्धान टोलीले शंकास्पद कम्पनी तथा गोदामहरु समेतमा अनुसन्धान गरेको थियो । सोही अनुसंधानकै क्रममा काठमाण्डौ महानगरपालिका वडा नं. १६ बालाजु स्थितमा अगद नेपाल भेन्चर प्रा. लि.का संचालक प्रभात देवले जग्गा तथा सटर भाडामा लिएर जस्ताको टहरा बनाई राखेको गोदाममा ठूलो परिमाणमा म्याद गुज्रेका बिभिन्न कम्पनीबाट उत्पादित खाद्य सामाग्री फेला परेका थिए । जस्मा डाईजेस्टिभ, क्रञ्ची कोकोनट कुकिज, फ्री-किक नाम गरेको बिस्कुटहरु, पास्ता, सेवाई, कर्नफ्लेक्स लगायतका म्याद गुज्रिएका सामानहरुलाई मेसिनद्धारा नयाँ उत्पादन मिति तथा मूल्य रिलेभलिङ गरि थोक तथा खुद्राका लागि बिक्री बितरण गरिरहेको अबस्थामा फेला पारेको महाशाखाले जनाएको छ । गोदाम तथा भाडाको सटर समेत शिल गरि उक्त कम्पनीमा सुपरभाइजर पदमा का.जि. चन्द्रागिरी न.पा. ६ बस्ने बर्ष ३१ को सुवास खड्कालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि श्री बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभाग बबरमहल काठमाण्डौमा पठाईएका छन भने जिल्ला मोरङ घर भई हाल जिल्ला काठमाडौं नयाँ बानेश्वर बस्ने उक्त कम्पनीका सञ्चालक प्रभात देव फरार रहेको महाशाखाले जनाएको छ ।सो स्थान बाट उत्पादन मिति र मूल्य रिलेभलिङ गर्ने डिजिटल मेसिन १ थान र लेभल मेट्न प्रयोग हुने केमिकल १ थान जफत गरेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्